लामो समय देखि प्रतिक्षारत नेकपा स्थायी समिति बैठक आज, के होला एजेण्डा ?



१० असार २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता विधेयक लगायतका विषयवस्तुमा छलफल हुने बताइएको छ ।

यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।

बैठकको एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्