खुसीको खबर, अब घरमै बसेर कोरोना परीक्षण, २५ मिनेटमै नतिजा आउने



०९ असार २०७७, काठमाडौं

जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले घरमै बसेर नाकबाट स्वाव लिएर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण रिपोर्ट प्राप्त हुने जनाइएको छ ।

जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ ।

जापान मात्र होइन, बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । बीबीसीमा उल्लेख भएअनुसार, यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्