पर्यटनमन्त्री योगेश भट्टराईले सम्बोधन गरिरहेको बैठकमा बज्यो अश्लिल पोर्न भिडियो



०९ असार २०७७, काठमाडौं

कोभिड १९ को रोकथामका लागि पर्यटन सम्बबद्ध निर्देशिका जारी गर्न नेपाल पर्यटन बोर्डले सोमबार जुममा भर्चुअल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी रहेका कार्यक्रममा मन्त्री भट्टराई बोल्न सुरु गर्नासाथ पोर्न भिडियो बज्न थाल्यो ।

एकाएक अश्लिल भिडियो बज्न थालेपछि सबैजना केहीबेर अलमलमा परे । तर आयोजक पक्षले तत्काल बैठक रोक्यो ।

यसैबीच नेपाल पर्यटन बोर्डले भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । यस विषयमा बोर्डले छानविनका प्रक्रियालाई समेत अघि बढाइसकेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्