
०८ असार २०७७, काठमाडौं
जुनेली फाउण्डेशन नेपाल (जेएफएन)ले धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्नहुने रोगको रोकथाम नियन्त्रण र उपचार कार्यक्रम संचालन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १० को सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि उप–प्रमुख रमादेवी राई, अतिथिहरुमा १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई, मधेशी दलित गैरसरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पास्वान लगायतको उपस्थित रहेको जानकारी संस्थाका निर्देशक मुना शर्माले परिवर्तन खबरलाई दिएका छन् ।
धुम्रपान रोकथाम सम्बन्धि कार्यक्रम स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र मधेशी दलित गैरसरकारी संस्था महासंघ काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
जुनेली फाउण्डेशन नेपाल काठमाडौंका सचिव गो माया लिम्बू (सरु)को अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य संस्थाका निर्देशक मुना शर्माले राखेका थिए ।





