
०८ असार २०७७, काठमाडौं/दिपु बर्णवाल
नेपाल महिला चेम्बरले आईतबार भर्चुअल कार्यशालाको आयोजना गरेको छ । जारी लकडाउनका कारण महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहेर महिला चेम्बरले उक्त कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा नेपाल महिला चेम्बर सम्बद्ध सदस्यहरुको सहभागीता रहेको थियो । साना तथा मझौला उद्योग तथा व्यापारको क्षेत्रमा सकृय उद्यमी महिलाहरुलाई लक्षित गरि आयोजित उक्त कार्यशालामा राष्ट्रभर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको थियो । ब्राण्डिङ्ग, अनलाईन बिजनेश प्रवर्द्धन र डिजिटल पेमेन्टको विषयमा केन्द्रित रहेको उक्त कार्यशालामा पैेलक प्रबिन, अदिती गोयल र अनमोल रतेरियाले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा फैजा प्रबिनले ब्राण्डिङ्गमा व्यक्तिगत र सांगठनिक (पर्सनल र अर्गनाईजेशन) गरि दुई कोणबाट कसरी प्रवर्द्धन गर्ने भन्ने बारेमा स्पष्ट पार्दै बद्लिदो परिवेशमा अनलाईन मार्केटिङ्ग, कम्युनिकेशन, कोलाबेरेशन आदीको महत्व बारे प्रकाश पारेकी थिईन् ।
त्यसैगरि, जिपिजीकी अदिती गोयलले अनलाईन मार्फत वस्तु तथा सेवा व्यापार कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै सोका लागि उपलब्ध राष्ट्रि«य तथा अन्तराष्ट्रि«य प्लेटफर्मको उपलब्धता, सामाजिक संजालको उपयोगीता बारे प्रकाश पारेकी थिईन् ।
कार्यशालामा अनमोल रतेरियाले डिजिटल पेमेण्टको विषयमा केन्द्रित रहेर अनलाईन मार्फत कुन कुन प्लेटफर्म प्रयोग गरि कसरी भुक्तानी गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै यसको बढ्दो उपयोगीता र महत्व बारे स्पष्ट पारेकी थिईन ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कार्यशालाका सहभागीहरुलाई संबोधन गर्दै कोभिड १९ को मुख्य चुनौतीमा स्वास्थ्य सुरक्षाको सवाल रहेको उल्लेख गर्दै व्यवसाय संचालन गर्दा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताईन । साथै, अध्यक्ष श्रेष्ठले बदलिदो परिस्थितीमा डिजिटल प्लेटफर्मको महत्व बारे प्रकाश पार्दै यसको उपयोगीतालाई बढाउनु पर्नेमा जोड दिईन् ।
यस अघि नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै कोभिड १९ का कारण उद्यमी महिलाहरुको व्यवसायीक जीवनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै कार्यशालाबाट राहत मिल्ने विश्वास व्यक्त गरेकी थिईन् ।
त्यसैगरि, नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कार्यशालामा सहजकर्ताको भुमिका निर्वाह गर्दै वर्तमान अवस्थामा उद्योग व्यापारको क्षेत्रमा प्रविधीको उपयोगीता बढेको हुदा सोको अनुशरणका लागि कार्यशाला कोशेढुङगा बन्ने धारणा व्यक्त गरिन् ।





