पर्यावरण संरक्षणका लागि शान्तिपूर्ण प्रदर्शन



०७ असार २०७७, बीरगंज

पर्यावरणको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था लिभिंग विथ इन्भारमेन्ट (वातावरण जिउने आधार) ले पर्यावरण संरक्षणका विभिन्न मुद्दामा शनिबार शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

यो देशको वातावरणको सबभन्दा ठूलो अपराधी राजा महेन्द्र भएको नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले आरोप लगाएका छन् । वातावरण जिउने आधार पर्साद्वारा वीरगंजको घण्टाघरमा सिर्सिया नदीको प्रदुषण र निजगढ विमानस्थल निर्माणको क्रममा हुने वन फडानीको मुद्दाको सन्दर्भमा आयोजित प्रदर्शन सभामा प्रमुख अतिथिको रुपमा सहभागी द्विवेदीले नेपाल देश रहुन्जेल सम्म राजा महेन्द्रले लिएको गलत नीतिको कारण चारकोसे झाँडी फाँडेर आफ्नो मान्छेलाई बसाउने काम भयो, जसकारणले गर्दा शहर विस्तारको नाउँमा महेन्द्र राजमार्गमा वर्तमान र भविष्यमा जंगल फडानी भइरहने दावी गरेका छन् ।

अब पर्यावरणलाई ध्यानमा राखेर विकासको अवधारणा ल्याउनु पर्छ भन्दै सिमरा विमानस्थललाई विस्तार गरेर वन विनाश रोक्न सक्ने तर्क द्विवेदीले प्रस्तुत गर्दै सिर्सिया नदीको लडाई तेस्रो पुस्तामा सरेको चर्चा गर्दै यसको लागि सरकार र स्थानीय निकायले कडा कदम उठाउन जरुरी बताए ।

सो कार्यक्रममा बोल्दै वातावरण जिउने आधार (Living with Environment) का केन्द्रिय अध्यक्ष आकाश चौहानले जंगलको विकल्प वृक्षारोपण हुन नसक्ने भन्दै यही प्रकृतिसंग यसै गरी खेलवाड भइरह्यो भने कोरोना भन्दा ठूलो विपत्तिको सामना गर्नुपर्ने हुन्छ ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नगर कार्यसमिति सदस्य अर्बिन्द गुप्ता, नागरिक समाजका अगुवा डा. दिपक शाक्य, युवा नेता ओमप्रकाश सर्राफ, आकाश दास, आशुतोष चतुर्वेदी, प्रभाकर चौरसिया लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

त्यस्तै कार्यक्रममा केन्द्रिय संचालक रोशन पटेल, पर्सा सह–संचालक विकास चौहान, पर्सा उपाध्यक्ष सौरभ वर्णवाल, दिपु वर्णवाल, पवन पटेल, मयंक रौनियार, मुस्कान श्रेष्ठ, निशा ताम्राकर, राजा कलवार, गरिमा पाण्डे, सुशिला पौडेल, आकाश दाश लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्