भारत-चीन विवादबारे बोल्यो अमेरिका



०६ असार २०७७, काठमाडौं

संयुक्त राज्य अमेरिका फेरि एकपटक चीनमाथि खनिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो छिमेकमा खराब रवैया देखाएको आरोप लगाएका हुन् ।

भारत र चीनबीच पछिल्लो समय सीमा विवाद बढिरहेको बेला अमेरिकाको यस्तो टिप्पणी बाहिर आएको हो ।

चीनले अमेरिका र युरोपबीच साइबर अभियानमार्फत गलत प्रचार गरिरहेको पोम्पेओको आरोप छ । विकासशिल देशहरुलाई ऋण र निर्भरताको बोझबाट दबाउने कोसिसमा चीन लागेको पनि उनले बताए ।

चीनले कोरोना भाइरसबारे झुठ बोलेका कारण बाँकी दुनियाँमा पनि यो फैलिएको उनको आरोप छ । त्यस्तै आफ्नो षड्यन्त्र छुपाउनका लागि विश्व स्वास्थ संगठनमाथि चीनले दबाब सिर्जना गरेको उनले आरोप लगाए ।

शुक्रबार डेनमार्कको कोपेनहेगनमा डेमोक्रेसी समिट २०२० मा ‘युरोप र चीनको चुनौती’ विषयमा भिडियो कन्फ्रेसिङमार्फत सम्बोधन गर्दै उनले यस्तो बताएका थिए ।

पश्चिमा देशहरुलाई वर्षौसम्म चीनको कम्युनिष्ट सोच परिवर्तन हुन्छ र त्यहाँका जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने अपेक्षा भएपनि चीनको सत्ताधारी पार्टीले पश्चिमासँग राम्रो सम्बन्ध भएको देखाएर उनीहरुले उदारताको फाइदा उठाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्