टेलिकमको लकडाउन सुविधा असार ७ सम्म, ८ गतेबाट बिलम्ब शुल्क लाग्ने



०२ असार २०७७, काठमाडौं

कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी गरेको व्यवस्था असार ७ गतेसम्म लागु हुने भएको छ ।

असार ८ गतेबाट टेलिकमले पुरानै महशुलअनुसारको व्यवस्था लागु गर्ने जनाएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने छ ।

यसैगरी, कम्पनीले एफटीटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटीटीएच सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्