खुसीको खबर, अक्टुबरभित्र कोरोनाको भ्याक्सिन बजारमा आउने



०३ असार २०७७, काठमाडौं

बेलायतको औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने दाबी गरेको छ । औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले यस भ्याक्सिनले झन्डै एक वर्षका लागि रोगबाट रक्षा गर्ने बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले बेलायत सरकारसँग सहकार्य गरिरहेको छ । मानिसमा यस भ्याक्सिनको परीक्षण जारी रहेका बेला एस्ट्रोजोनले विश्वभर २ बिलियन डोज उपलब्ध गराउनेगरी बेलायत सरकारसँग सम्झौता गरिसकेको छ ।

प्रायः तेस्रो चरणको ट्रायल क्लिनिकल विकासको अन्तिम चरण हुनेगर्छ र यसक्रममा सुरक्षा र प्रभावकारिता जाँच्नका लागि हजारौं मानिसलाई भ्याक्सिन दिइन्छ । बेलायत सरकारले कोरोना भाइरसकै भ्याक्सिन विकास गरिरहेको लन्डन इपेरियल कलेजलाई पनि ४१ मिलियन पाउन्ड सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्