
०२ असार २०७७, काठमाडौं
काठमाडौं क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं.१५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजको प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले शिलान्यास गरेका छन् ।
बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आर्थिक वर्ष २०७६/७७ बाट बिनियोजित रकम रु. ५१,५२,३९४.२७, उपभोक्ता मार्फत रु.२,५७,६१९.७१, योगदान भएको छ । ब्रिजको कुल लागत इष्टिमेट ८०,१०८,०२.११ भएकोमा आ.ब. २०७६/७७ मा बिनियोजित रकममा नपुग रकम क्रमागत योजनामा आ.ब. २०७७/७८ को बजेटबाट बिनियोजन गरी पुरा गरिनेछ ।
सांसद जीवनराम श्रेष्ठले काठमाडौंमा पैदल हिड्ने यात्रुमैत्री सडक र शहर बिकासको आवश्यकता रहेको हुँदा यस ठाउँमा अत्याधिक संख्यामा पैदल यात्रुको चाँप भएको र समय–समयमा दुर्घटना भईरहेको हुँदा ब्रिज निर्माणको योजना राखेको बताए । ब्रिजले कामपा १५ र १९ का स्थानीय बासिन्दा, स्कूलका विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने बिश्वास उनले ब्यक्त गरे ।
कार्यक्रममा कामपा १५ का वडा अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, कामपा शहरी योजना आयोगका सदस्य मन राजा रंजित, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजका उपभोक्ता समितीका अध्यक्ष अमृत रत्न डंगोल, सचिव राकेश मान कर्माचार्य, कोषाध्यक्ष रिता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।





