स्वयम्भूमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न



३२ जेठ २०७७, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ लगायत स्थानीय जनसमुदायको उपस्थितिमा काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा शनिबार (हिजो) दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

हालै नेपाल सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी भू–भाग समेटिएको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको उपलक्ष्यमा उक्त दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्