
३२ जेठ २०७७, काठमाडौं
महानगरीय प्रहरी वृत्त कालिमाटिले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका १४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन् । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ ।





