नयाँ नक्सालाई निसान छापमा समेट्ने कदमप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया



३२ जेठ २०७७, काठमाडौँ

नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ ।

नेपालले संविधान संसोधन गर्दै सीमा विवाद वार्ताबाट हल गर्ने आपसी समझदारी उल्लंघन गरेको दाबी भारतको छ ।

यसलाई गम्भीर र चासोको रुपमा लिएको भारतले जनाएको छ । ‘भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विद्येयक नेपालले संसद्ले पारित गरेको घटनालाई हामीले चासोका साथ हेरेका छौं’, विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्