राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउनु ऐतिहासिक जित हो : अध्यक्ष प्रचण्ड



३१ जेठ २०७७, काठमाडौं

प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याउनु ऐतिहासिक जित भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ, यो हाम्रो ऐतिहासिक जित हो ।’

अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र विभिन्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै यो सबैको सामुहिक विवेकको प्रतिफल भएको समेत बताए ।

नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ यसले नेपालको ऐतिहासिक जित भएको छ । अध्यक्ष प्रचण्डले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्