सांसद श्रेष्ठद्वारा स्थानीय विकास निर्माणको निरीक्षण



३१ जेठ २०७७, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका स्थानीय विकास निर्माण कार्यको निरीक्षण गरेका छन् ।

उनले काठमाडौं महानगरपालिका वडा नं. १५ मा निर्माण कार्य प्रारम्भ भएको जगतसुन्दर बोनेकुठी अगाडिबाट झोलुङ्गेपुल जाने मुख्य सडकमा बन्दै गरेको आकाशे पुल, चमती क्यू ब्लक र अर्को पार्कमा निर्माण भईरहेको परम्परागत शैलीको ज्येष्ठ दिवा बिश्राम भवन, श्रीकृष्ण कुन्ज भवनको थप तल्ला, बिजयश्वरी स्थित चमती पार्क निर्माण लगायत कामपा वडा नं. १९ मा निर्माण कार्य भईरहेको इन्द्र सभा सामुदायिक भवनको निरीक्षण गरेका हुन् ।

निर्माण भईरहेको भौतिक संरचनाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिदैं सांसद श्रेष्ठले निर्माण कार्यमा संलग्न सबै जनसमुदाय र निर्माण कम्पनिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

साथै आर्थिक वर्ष २०७७/७८ को बजेटबाट यो बर्षको अपूर्ण योजनालाई पुरा गर्ने र नयाँ योजना जनताको माग अनुसार छनौट गर्ने बताए ।

सांसद श्रेष्ठले स्थानीय जनताको सक्रियतामा भईरहेको निर्माण कार्यको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्