समाजवादी पार्टीको बैठक बस्दै, के पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाही होला त ?



३१ जेठ २०७७, काठमाडौं

समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादी पार्टीले आफ्नै सांसद सरिता गिरीले संसोधन हालेपछि त्यसबारे आवश्यक निर्णय गर्ने बुझिएको छ ।

सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त प्रस्ताव फिर्ता नलिएपछि उनलाई आवश्यक कारबाही गर्ने तयारी भएको हो ।

खबर अनुसार बैठकमा गिरीलाई अझै पनि संसोधन फिर्ताका लागि आग्रह गरिने र उक्त प्रस्ताव फिर्ता नलिए पार्टीको ह्विपबिपरित गएको ठहर गर्दै कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्