प्रहरी सहायक निरीक्षक घुस रकम सहित पक्राउ



३० जेठ २०७७, काठमाडौं

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरे चार हजार घुस सहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक घिमिरेले होटल व्यवसाय संचालनमा सहजिकरण गरीदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिने गरेका थिए । कटहरी गा.पा. वडा नं. ३ कहटरी चोकबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिईएका घिमिरेमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्