सांसद श्रेष्ठको टोलीद्वारा ढल तथा सडक निर्माण कार्यको निरीक्षण



३० जेठ २०७७, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत नार्गाजुन नगरपालिका वडा नं. ४ स्थित शरणपुरको ढल निर्माण र सडक ढलान गर्ने कार्यको निरीक्षण सम्पन्न गरेका छन ।

निरीक्षणमा सांसद श्रेष्ठ लगायत नार्गाजुन नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष करुण कुमार बलामी, वडा सदस्यहरु विश्वेश्वर ढुङ्गाना, सुशीला नेपाल, बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश जङ्गबहादुर सिंह, उपभोक्ता समितिका कोषाध्यक्ष ईश्वर राज बलामी तथा पदाधिकारीहरु, ईन्जिनियर कञ्चन बलामी लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

स्थानीय जनताको चाहना अनुसार नै आफूले विकास तथा पूर्वाधार निर्माण कार्यलाई पहिलो प्राथमिकता राखेको बताउँदै सांसद जीवनराम श्रेष्ठले सडक ढलान पश्चात दैनिक आवतजावत गर्ने यात्रुलाई समेत थप सुविधा हुने विश्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्