आज साँझ ६ बजे मन्त्रिपरिषद बैठक बस्दै, के होला एजेण्डा ?



२७ जेठ २०७७, काठमाडौं

आज साँझ ६ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।

बैठकले चैत ११ यता लगातारको लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको नियमित बैठक भएको भन्दै छलफलका एजेण्डाबारे आफूलाई थाहा नभएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्