कोभिड १९ को सम्भावित संक्रमणलाई ध्यानमा राखी कामपा १५ मा विभिन्न सुरक्षा निकायसँग बैठक सम्पन्न



२७ जेठ २०७७, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता र काठमाडौं महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोलको अध्यक्षतामा वडामा लकडाउन बाट लुजडाउन हुने अवस्थामा कोभिड १९ को सम्भावित संक्रमणलाई ध्यानमा राखी रोगबाट सुरक्षित रहन सुरक्षा सम्बन्धि विभिन्न निकायकाहरुसंग बैठक सम्पन्न गरिएको छ ।

प्रतिनिधि सभा सदस्य श्रेष्ठले कोभिड १९ बाट बचाउन र नियन्त्रण गर्न कामपा १५ वडाले विभिन्न कार्यक्रम गरी उदाहरणीय कार्यहरु गर्न लागि परिरहेका सम्पूर्ण सहयोगी, दाता, वडा सदस्यहरु, वडा अध्यक्षलाई धन्यवाद ज्ञापन गरेका थिए । लुजडाउनबाट उत्पन्न हुन सक्ने कोरोना भाइरसको सम्भावित संक्रमणको अवस्था बाट जनतालाई सुरक्षित राख्न र सम्भावित सामाजिक समस्यालाई समेत ध्यान दिई वडालाई सुरक्षित राख्न सुरक्षा निकाय र वडा थप सक्रिय भएर लाग्न आवश्यक भएको समेत बताए ।

वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोलले कोभिड १९ को  संक्रमणबाट बचाउन  वडाले गरेका कामहरूको चर्चा गर्दै क्वारेन्टाइन व्यवस्थापनमा केन्द्रिय सरकारबाट सहयोग नभएसम्म चुनौतीपूर्ण रहेको हुँदा र क्वारेन्टाइन व्यवस्थापन गर्न आवश्यक पर्ने कार्यमा सहजीकरण गर्न महानगरपालिकाबाट सरकारसँग  अनुरोध गरेको बताए । हाल वडाभित्र चोरीको घटना बढ्न थालेको र यस्ता खालका अप्राकृतिक घट्ना बढ्ने सम्भावना देखिएकोले नियन्त्रणका लागि  विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्ने र सुरक्षा निकाय सतर्क भइ लाग्नु पर्ने उनले बताए ।

उक्त बैठकमा वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, अनिता परियार, नेपाली सेना रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति कर्णेल राजेश शाही, नेपाल प्रहरी महानगरीय प्रहरी बृत्त स्वयम्भुका नायब उपरीक्षक निरञ्जन दत्त भट्ट र सशस्त्र प्रहरी बलका नायब उपरीक्षक सुमनजङ्ग थापा उपस्थिति रहेको थियो ।

बैठक संचालन समुदाय प्रहरी साझेदारी कामपा १५ वडा सदस्य राजा शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्