पूर्वसभामुख महराको फेरिएको जीवनशैली, खेतीपातीमा व्यस्त



२७ जेठ २०७७, काठमाडौं

पूर्वसभामुख कृष्णबहादुर महराले बारी जोत्दै गरेको एउटा फोटो हालै सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उक्त तस्बिर हो, महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर हलो जोतिरहेको।

केही दिनअघि मात्र रोल्पा पुगेका महरा अहिले खेतपातीमा व्यस्त रहेको बताइन्छ । उनी बिहान र बेलुका खेतीपातीमा व्यस्त हुने र दिउँसो छलफलमा व्यस्त हुने गरेका छन् ।

महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । उनी त्यही पाखोलाई उर्बर बनाएर खेती गर्न लागेको उनी निकट स्थानीयवासीको भनाई छ । गृहजिल्ला रोल्पा भएपनि महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

सभामुख पदमा रहेकै बेला एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्