
२५ जेठ २०७७, काठमाडौ
रैनादेवी छहरा गाउँपालिका वडा नं.७ पाल्पाका वडाध्यक्ष देवेन्द्र पुनलाई सेवाग्राहीबाट तीन लाख घुस लिईसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो ।
वडाध्यक्ष पुनले सेवाग्राहीसँग काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भनी पटक-पटक घुस लिने गरेका थिए ।





