आजदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार, आज कुन देशबाट कति ल्याइदै?



सांकेतिक तस्विर

२३ जेठ २०७७, काठमाडौं

कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ ।

दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा आज म्यानमारबाट २६ जना र युएई बाट २१० जना नेपालीलाई ल्याउन लागिएको छ ।

उद्धार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परीक्षण लगायतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्