ट्रम्पकी छोरी र पत्नी ट्रम्पकै विरुद्धमा



२३ जेठ २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प अमेरिकामा जारी आन्दोलनको समर्थनमा उभिएकी छिन् । टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौ, सँगै हामी धेरै गर्न सक्छौ’ भन्ने हेलेन केलरको उक्तिलाई लेखेर जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन् । उनले इन्स्टाग्राममा #BlackoutTuesday #justiceforgeorgefloyd समेत लेखेकी छिन् ।

ट्रम्पकी दोश्रो पत्नी अर्थात टिफ्नीकी आमाले पनि आन्दोलनलाई समर्थन गरेकी छिन् ।

पछिल्लो हप्ता एक श्वेत प्रहरी अधिकारीले काला जातिका जर्ज फलायडमाथि हातपातपछि मृत्यु भएको विरोध अमेरिकामा देशव्यापी आन्दोलन चर्किरहेको छ ।

प्रतिक्रिया दिनुहोस्