जुम मार्फत बूनपा १० ले ‘अभिभावक अभिमुखिकरण कार्यक्रम’ गर्दै



२० जेठ २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० को अयोजनामा यही जेठ २३ गते शुक्रवार दिनको ३ बजे जुम मार्फत अभिभावक अभिमुखिकरण कार्यक्रम संचालन गरिने भएको छ ।

लकडाउनका कारण पढाई प्रभावित भएका विद्यार्थीको सिकाईलाई निरन्तरता दिन वडा कार्यालयले विज्ञ व्यक्तिहरुसँगको साझेदारीमा जुम मार्फत अभिमुखिकरणको फरक विधि अपनाएको हो ।

शैक्षिक सत्र सुरु भईसकेपनि कोरोनाको कहरका कारण विद्यालय बन्द हुँदा पढाई प्रभावित भएकाले घरैमा अभिभावक मार्फत सिकाईलाई निरन्तरता दिने विकल्पका बारेमा वडाले पहल थालेको वडा अध्यक्ष नबराज भट्टराईले बताए ।

अभिमुखिकरणमा घरबाटै पनि जीवन उपयोगी शिक्षाका अवसर, अभिभावकले कस्तो व्यवाहार गर्दा आफ्ना बालबालिकालाई सफल बनाउन सकिन्छ ? लकडाउनको समय अनि सकारात्मक सोच विकास, आफ्ना बालबालिका असल बनाउन अभिभावकको भूमिका लगायतका विषयमा छलफल हुने भएकाले अभिमुखिकरणमा सहभागी हुन वडाले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्