विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब



२० जेठ २०७७, काठमाडौं

विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् ।

विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्