अमेरिकामा प्रदर्शनले लियो उग्र रुप, राष्ट्रपति ट्रम्पलाई लगियो अन्डरग्राउन्ड बंकरमा



१९ जेठ २०७७, काठमाडौं

अमेरिकामा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । राजधानी वासिङ्टन डिसीसमेत ४० शहरमा कर्फ्यू लगाइएको छ । आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलै प्रर्दन गरे । न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार ह्वाइट हाउसको अगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा लगिएको थियो ।

समाचार च्यानल सिएनएनका अनुसार वासिङ्टनसमेत १५ शहरमा करिब ५ हजार नेशनल गार्ड तैनाथ गरिएको छ  भने २ हजार गार्डलाई स्ट्यान्डबाई राख्न भनिएको छ ।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको   एउटा रिपोर्ट अनुसार शुक्रबार ह्वाइट हाउसमा सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भए । सुरक्षालाई मध्यनजर गर्दै ट्रम्पलाई एक घण्टाभन्दा कम समयका लागि एउटा अन्डरग्राउन्ड बंकरमा पुर्याइयो । प्रदर्शनकारीलाई हटाउनका लागि सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको थियो ।

पत्रिकाका अनुसार ह्वाइट हाउस बाहिर यति ठूलो संख्यामा प्रदर्शनकारी जुटेको देख्दा ट्रम्प चकित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्