अमेरिकामा दन्कियो रङ्गभेदको आगो, प्रदर्शनकारीमाथि चलाइयो ट्याङ्कर



१९ जेठ २०७७, काठमाडौं

समाचार एजेन्सीरोयटर्सले आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको जानकारी दिएको छ ।

प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले बताएको छ । घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको हो ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले ट्याङकर चलाउने ती ड्राइभरलाई पछि प्रदर्शनकारीले निकालेर कुटपिट गरेको र पछि उनलाई मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिनियापोलिससमेत अमेरिकामा विभिन्न शहरमा केही दिनदेखि प्रहरी हिरासतमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुपसमेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्