कर छुट व्यवस्थाप्रति फेडवासनद्वारा नेपाल सरकारलाई कृतज्ञता व्यक्त



१८ जेठ २०७७, काठमाडौं

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले नेपाल सरकारलाई कृतज्ञता व्यक्त गरेको छ ।

सरकारद्वारा प्रस्तुुत आ.व. २०७७/७८ को बजेट बक्तव्यको बुँदा नं. ५३ र ३३० एवम् आर्थिक विधेयक २०७७ को दफ नं. २२ मार्फत सम्बोधन गर्दै डिमाण्ड चार्ज खारेजी, विद्युत महशुलमा सहुलियत र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा लाग्ने कर छुटको व्यवस्थाप्रति संघले धन्यवाद दिएको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपालद्वारा जारी प्रेस विज्ञप्ती : 

प्रतिक्रिया दिनुहोस्