डब्ल्यूएचओसँग अमेरिकाको सबै सम्बन्ध तोडेको ट्रम्पको घोषणा



१७ जेठ २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सँग अमेरिकाको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

‘डब्ल्युएचओ चीनको नियन्त्रणमा छ, जबकी अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ,’ ट्रम्पले भने, ‘डब्ल्युएचओलाई ब्यापक सुधार गर्न गरिएको अनुरोधमा पनि ऊ असफल भयो ।’

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण गरेको आरोप लगाउँदै ट्रम्पले डब्ल्युएचओसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्