अहिले मोदीको मुड ठिक छैनः ट्रम्प



१६ जेठ २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीचको जारी सीमाबारे तनावको विषयमा मध्यस्थताका लागि पुनः प्रस्ताव पेश गर्दै भनेका छन् ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु ।’

ट्रम्पले चीनसँग जारी ‘ठूलो विवाद’ को विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफुले कुराकानी गरेको पनि जानकारी दिर्दै दाबी गरे, ‘दुई देशबीचको तनावको विषयमा प्रधानमन्त्री मोदीको मूड ठिक छैन ।’

ट्रम्पले यो विवादमा भारत रत्तिभर पनि खुसी नभएको र सायद चीन पनि खुसी नभएको बताएका छन् ।

ट्रम्पले भारत र चीनबीच ठूलो भीडन्तको स्थिती सिर्जना भएको पनि बताएका छन् ।

एक भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई तपाईंको प्रधानमन्त्री निकै मनपर्छ । उनी निकै सज्जन छन् ।’

बुधबार ट्रम्पले ट्वीटमा दुई देशबीचको सीमाको विषयमा जारी विवादका लागि मध्यस्थताको प्रस्ताव पेश गरेका थिए ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्