सांसद विकास कोष निरन्तरता : ६ अर्ब ६० करोड बजेट छुट्यो



१५ जेष्ठ २०७७, काठमाडौं

सरकारले सांसद विकास कोषलाई निरन्तरता दिँदै आवका लागि ६ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।

बिहीबार (आज) बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने उक्त रकमलाई निरन्तरता दिइने जानकारी दिएका हुन् ।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत अन्य राजनीति दलहरूले कोरोना महामारी भएकाले अहिले सांसदलाई पैसा दिन नहुने बताएका थिए ।

यसअघि अर्थमन्त्री खतिवडाले उक्त रकम के गर्ने भनेर सांसदहरूले नै सुझाव मागेका थिए ।

|सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्