एमसीसी बजेटमै…



१५ जेष्ठ २०७७, काठमाडौं

सरकारले आव २०७७/७८ को बजेटमा एमसीसी अन्तर्गतका प्रसारण लाइन अघि बढाउने गरी कार्यक्रम ल्याएको छ ।

सत्तारुढ नेकपाभित्रै एमसीसीलाई लिएर विवाद चुलिएकाले एमसीसीले सहयोग गर्ने भनिएका कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार (आज) को बजेट प्रस्तुतमा समावेश गर्दै कार्यन्वयनमा लैजाने घोषणा गरे ।

जसमा एमसीसीको सहयोगमा अघि बढाउने भनिएको ‘लप्सीफेदी–रातामाटे–दमौली–बुटवल र लप्सिफेदी–रातामाटे–हेटौँडा’ विद्युत प्रसारणलाइन बजेटमार्फत् नै अघि बढाइएको छ ।

यी आयोजना सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो । जसको विरोधमा संसदमै नेकपा सांसद भीम रावलले चर्को विरोध गरेका थिए ।

त्यसअघि नेकपा कार्यदलले संशोधन नगरी पारित नगर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्