युवाहरूलाई प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ४ अर्ब ३४ करोड बजेट



१५ जेष्ठ २०७७, काठमाडौं

सरकारले ७५ हजार युवाहरुलाई व्यवसायिक प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्नका लागि ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

बिहीबार (आजः १५ जेष्ठ) आव २०७७/७८ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवाहरूमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विकास गरी देशभित्रै रोजगारी तथा स्वरोजगार कार्यक्रम सिर्जना गर्न सरकारले ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

यसले श्रम बजारमा प्रवेश गर्ने नयाँ श्रमिक, कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकहरूलाई थप राहत मिल्ने उल्लेख गरिएको छ । त्यस्तै वैदेशिक रोजगारीबाट रोजगारी गुमाएर फर्किएका युवाहरूले रोजगारी प्राप्त गर्न सहज हुने अपेक्षा सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्