पाकिस्तानको जासूस भन्दै भारतले पक्रियो परेवा



१४ जेठ २०७७, काठमाडौं

२४ मेमा काश्मिरको कटुवा जिल्लास्थित एक घरमा भेटिएको परेवा भारतीय प्रहरी पाकिस्तानी जासूस हुनसक्ने आरोप लगाएको छ । यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा औँठी पनि लगााइएको छ ।

‘हामीलाई थाहा छैन यो कहाँबाट आयो । स्थानीयले यसलाई हाम्रो बार नजिकैबाट कब्जामा लिएका हुन् । हामीले यसको खुट्टामा औँठी भेटेका छौँ, जहाँ नम्बर लेखिएको छ र अनुसन्धान जारी छ,’ कटुवा प्रहरीका सिनियर सुपेरिटेन्डेनट सैलेन्द्र कुमार मिश्रले भने ।

द टेलिग्राफसँगको कुराकानीमा एक प्रहरी अधिकारीले भनेका छन्, ‘चराको कुनै सीमा हुँदैन र बसाईसराईका कारण उनीहरु अन्तर्राष्ट्रिय सीमा काटेर जान्छन् । तर, नम्बर कोड गरिएको रिङ लगाइएको परेवा सरोकारको विषय हो किनकी घुमन्ते चरामा यस्तो लगााइएको हुन्न ।’

प्रहरीले अनुसन्धान नसकिएसम्म यो परेवालाई हिरासतमा राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्