विदेशमा अलपत्र नेपालीको चाँडै उद्धार गर्छौं : प्रधानमन्त्री



१२ जेष्ठ २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीको चाँडै उद्धार गरिने बताएका छन् ।

सोमबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने कोरोना महामारीका कारण विदेशमा अलपत्रमा परेका नेपाली नागरिकलाई समयमै उद्धार गरिने बताएका हुन् ।

‘विदेशमा अलपत्र नेपालीहरुलाई समयमै उद्धार गर्छौं । अलपत्र परेका नागरिकलाई सरकारले सन्तुलन मिलाएर उद्धारको काम सुरु गर्नेछ ।’ उनले भने,‘सरकार नागरिकप्रति संवेदनशील छ।’

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण विदेशमा लाखौं नेपाली नागरिक अलपत्र परेका छन् । यस्तै रोजगारी तथा अध्ययनका लागि गएका नेपालीले पनि स्वदेश फर्किने इच्छा देखाएका थिए ।

विदेशमा अलपत्र रहेका नागरिकलाई उद्धार नगरिएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्