भारतीय ह्याकरद्वारा क्यानको वेबसाइट ह्याक



११ जेष्ठ २०७७, काठमाडौं

भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का वेबसाइट ह्याक गरेको छ ।

‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले क्यानको साइट ह्याक गरेर भारतीय झण्डा राखेको छ ।

ह्याकरले ‘हामी शान्त छौं, त्यसको मतलब केही गर्न सक्दैनौं भन्ने होइन’ भन्ने सन्देश छाडेको छ ।

ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोस्ट् गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो ।
तर फेरि अहिले ह्याकरको पहुँचमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्