आजका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित



११ जेष्ठ २०७७, कामठाडौं

आजका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

यसपछि बैठक सोमबार (भोलि) बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठक आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको थियो ।

अब उक्त बैठक भोलिलाई सरेपनि समय भने तोकिएको छैन । आजको बैठकमा बजेटलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची थियो ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने तयारी गरिरहेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्