सबै नेपालीलाई कसरी देश जोगाउने चिन्ता, नायिका वर्षा राउतलाई कसरी भारतीय साथी फेस गर्ने चिन्ता



११ जेठ २०७७, काठमाडौं

नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले गर्दा नायिका वर्षा राउत यतीबेला विवादमा मुछिएकी छन् । उनको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक हुनेबित्तिकै विवादित भएको छ ।

वर्षाको यो अभिव्यक्तिले उनलाई धेरै आलोचित बनाएको छ । उनले मनिषा कोइरालाबाट धेरै कुरा सिक्नु पर्ने देदिन्छ, जसले भारतलाई आफ्नो कर्मथलो बनाईन् र धेरै ठूलो सफलता र फ्यान फलोअर्स कमाईन् र पनि नेपाल आमाको सम्मानको पक्षमा आवाज उठाईन् डराइनन् । त्यही वर्षा भारतीय साथी उनीसित रिसाउलान् भनेर आफु त बोल्ने कुरै छैन् उल्टो नेपाली पत्रकारले सीमाको मुद्दा नउठाउनु पर्ने कुरा गर्छिन् । एक सच्चा नेपाली कलाकार हुनुको नाताले आफ्नो मातृभुमीको पक्षमा आवाज उठाउनु उनको दायित्व होईनर ?

उनले नेपाली र भारतीय पत्रकारले देशलाई नै झगडा पारिरहेको दावी गरेकी छिन् जबकि भारतीय सञ्चारमाध्यले नेपाल र नेपाली नेतृत्वलाई तथानाम गाली र बेईज्जत मात्रै गरिरहेका छन् । जबकी नेपाली सञ्चारमाध्यमहरुले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् ।

सिंगो देश सिमा रक्षाका लागि लडिरहेका बेला वर्षाको लागि यस्तो चिन्ता छ ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् । मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्