
११ जेठ २०७७, काठमाडौं
काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।
आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्तका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।





