ट्रम्पले कोरोनाले ताण्डव मच्चाएका बेला गल्फ खेलेको भन्दै चर्कियो विवाद, ओबामा लक्षित २०१४ को ट्वीट पुनः चर्चामा



११ जेठ २०७७, काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महामारीका बेला गल्फ खेलेको भन्दै विवाद सुरु भएको छ यद्यपि, उनी पछिल्लो ७५ दिनमा पहिलो पटक खेल्न गएका थिए ।

सन् २०१६ को चुनावी अभियानमा ट्रम्पले आफ्ना समर्थकलाई भनेका थिए, ‘म तपाईँहरुका लागि काम गर्नेछु । मसँग गल्फ खेल्नका लागि समय हुनेछैन ।’

राष्ट्रपतिको रुपमा चयन भएपछि ट्रम्पले दुई सय बढी पटक गल्फ खेलिसकेका छन् । पछिल्लो पटक उनले मार्च महिनामा गल्फ खेलेका थिए ।

जब बराक ओबामा राष्ट्रपति थिए तब ओबामाले गल्फ खेल्नमा आफ्नो अत्यधिक समय व्यतीत गरेको भन्दै ट्रम्पले आलोचना गरेका थिए ।

शनिबार जब उनी गल्फ खेल्नका लागि भर्जिनियाको यात्रामा निस्किए, उनले सन् २०१४ मा गरेको ट्वीट पुनः चर्चामा आयो ।

त्यतिबेला उनले लेखेका थिए, ‘न्यूयोर्क सिटीमा इबोलाको आकस्मिक सुरुवातको विषयमा राष्ट्रपति बराक ओबामाले विभिन्न देशबाट आएका व्यक्तित्वसँग बैठक बस्नु पर्दथ्यो तर उनले भने गल्फ खेल्ने निर्णय गरे ।’

प्रतिक्रिया दिनुहोस्