‘चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ’ – ट्रम्प



१० जेठ २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चर्चहरु खोल्नुपर्ने बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बन्द चर्चहरु तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा प्रार्थनाको आवश्यकता छ ।’

अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट १६ लाख ४४ हजार ६ सय ३२ बढी संक्रमित छन् भने ९७ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्