भक्तपुरकी कोरोना संक्रमित महिला ९ नं. की वडासदस्य



१० जेठ २०७७, काठमाडौं

भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।

उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल लगिएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ भने संक्रमित जनप्रतिनिधिको घर, टोलमा सिल गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्