संविधान संशोधन प्रस्ताव दर्ता



०९ जेष्ठ २०७७, काठमाडौं

संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।

नेपालको निशान छापमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो ।

अहिलेको निशान छापमा लिम्पियाधुरासहितका क्षेत्रहरु समावेश छैन । सरकारले गत बुधबार मात्रै भारतद्वारा अतिक्रमित भूमिलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्