भारतसँगको विवादलाई तत्काल अन्तर्राष्‍ट्रियकरण गर्नेबारे सोचेका छैनौं : सरकार प्रवक्ता



०९ जेष्ठ २०७७, काठमाडौं

सरकारका प्रवक्ता युवराज खतिवडाले भारतसँगको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नेबारे सरकारले नसोचेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले सरकारले भारतसँग द्धिपक्षीय वार्ता र कूटनीतिक पहलकै माध्यमबाट नेपालको भूमि फर्काउने बताएका हुन् ।

“हामीसँग उपलब्ध प्रमाण र सबुदका आधारमा वार्ता गरेर नै उनीहरुले (भारत) हाम्रो भूमि फिर्ता गर्न सहमति जनाउने अवस्थामा पुर्‍याउन नै हाम्रो पहल रहने छ ।” उनले भने, ‘त्यसबाहेक अहिले नै अन्तर्राष्ट्रियकरण गरिहाल्नेबारे हामीले सोचेका छैनौं ।’

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्