संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय



०९ जेष्ठ २०७७, काठमाडौं

सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ ।

शुक्रबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन् ।

हाल उक्त निशान छापमा लिम्पियाधुरासहितका क्षेत्र समावेश छैन । सरकारले गत बुधबार मात्रै भारतद्वारा अतिक्रमित भूमिसहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ । प्रतिनिधि सभाको बैठक आगामी १३ जेष्ठका लागि बोलाइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्