भारतीय टिभी एङ्करको लेक्चरमा मिनेन्द्रको जवाफ : ‘मेरो देशको संसदमा म प्रतिपक्षको कुर्सीमा हुँला, तर सीमाको विषयमा म प्रधानमन्त्रीसँगै छु’



०८ जेष्ठ २०७७, काठमाडौं

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सीमाको विषयमा आफू सधैं सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अडिग रहेको बताएका छन् ।

बुधबार (हिजो) साँझ भारतीय च्यानल रिपब्लिकको ‘दि डिबेट्’मा अथिति बनेका नेता रिजालले नेपाली संसदमा आफू प्रतिपक्षको भूमिकामा रहेपनि सीमाको विषयमा सधैं प्रधानमन्त्रीसँग रहेको बताएका हुन् ।

“मेरो देशको संसदमा म प्रतिपक्षको कुर्सीमा हुँला । तर, सीमाको विषयमा म प्रधानमन्त्रीसँगै अडिग छु ।” ‘चाइना युजेज नेपाल’ शिर्षक दिइएको कार्यक्रममा उनले भनेका थिए ।

ऋर्णव गोस्वामीद्वारा सञ्चालित कार्यक्रममा नेता रिजालले नेपालसँग अतिक्रमित भूमि नेपालकै हो भनेर पुष्टि गर्न यथेष्ट प्रमाण भएको पनि बताए ।

‘चीन कसैको साथी होइन’ भन्दै लामै लेक्चर छाँटेका गोस्वमीलाई शुरुमै नेता रिजालले भनेका थिए, ‘तपाईँको यो प्रश्न हो कि मन्तव्य हो ? कि म लाई सन्देश दिनुभएको ? नेपालमा यसरी अन्तरवार्ता लिइँदैन ।’

नेपालले हिजो मात्रै अतिक्रमित भूमि समेटेर नयाँ नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालमाथि खनिएका छन् ।

उनीहरु हिजो नेपाली मूलकी भारतीय अभिनेत्री मनीषा कोइरालालाई बदनाम गर्नमा व्यस्त देखिए ।

उनीहरुले अभिनेत्री कोइरालालाई भारतको खाएर चीनको गाउनेसम्मको आपत्तिजनक शब्दावली प्रयोग गर्न भ्याएका थिए ।

|अन्तरवार्ता हेर्नुस्ः|

प्रतिक्रिया दिनुहोस्