
०७ जेठ २०७७, काठमाडौं/रमेश उप्रेती
मेरा स्वस्थ शरीर
तिमीलाई मेरो शरीरको अङ्ग चाहियो
तिमी पनि स्वस्थ नै छौ अप्रेशन गरे पनि
मलाई लछारपछार धेरै कालदेखि हालसम्म तिमीबाट भयो
बाबुको अनुहार रातो भएको छ
उनी बोल्दैनन्
बाजे चुपचाप मलिन अनुहार लिएर खडाछन्
छोराछोरी पाखुरा निमोठ्छन्
धक्कामुक्काका लागि तयार हुन्छन्
मेरो अङ्ग माथि दावा किन ?
दस्तावेजमा मेरो अङ्ग मेरै छ
तिमी छिमेकी कहिले मलाई बाटो बनाउँछौं
कहिले मेरो रगतमा पानी खोज्दै हिड्छौं
म स्वतन्त्र आदि कालदेखि छिमेकी हौं
बारम्बार उत्पीडनको हतियारले हान्न थाल्छौं
म तिम्रो दास र उपनिवेश होइन्
छिमेकीहरुसँग झगडा मात्र गरिरहन्छौं
अरुले के गर्छ
तिमी नै जान
मैले त छिमेकीको धर्म निभाएको छु
म सानो कदको तिमी ठूलो कदको
किन मेरो अङ्गमा अतिक्रमण
सुस्ता महेशपुर कालापानी लिपुलेक
अनेकौं मेरो अङ्गमा दावी किन
मेरो कान्छोले तिम्रो शरीरको रक्षा गरिरहेको छ
मित्रको नाटक मञ्चन गर्न पनि माहिर छौं
अव म छोराछोरीको कुटनीतिक खेल
छोराछोरीको पाखुरा
आकाश मण्डलमा उजुरी दर्ता
कुरी बसेको छु
सत्य म छु
सत्यताको जित हुनेछ मित्र





