कालापानी विवाद नेपाल-भारतबीचको हो : चीन



०६ जेष्ठ २०७७, काठमाडौं

चीनले कालापानी विवाद नेपाल र भारतबीचको भएको बताएको छ । यस्तै उसले आपसी समझदारी तथा सम्वादका आधारमा यस्तो मुद्धा मिल्नुपर्ने बताएको छ ।

भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक एकतर्फी रुपमा निर्माण गरेको भन्दै नेपालले विराध जनाएर सोमबार (हिजो) मात्रै अतिक्रमित भूमिसहितको नयाँ नक्सा पास गरेको छ ।

तर उक्त सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भनेका छन्, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौं कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्