नीति तथा कार्यक्रम बहुमतले पारित



०६ जेष्ठ २०७७, काठमाडौं

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत २ जेष्ठमा प्रस्तुत गरेकी आव २०७७/७८ को नीति तथा कार्यक्रम पारित भएको छ ।

मंगलबार (आज) प्रस्तुत नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले दिएसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममा विपक्षी दलहरुका तर्फबाट परेका पाँच वटा संशोधन बहुमतले अस्वीकृत भएको थियो ।

नीति कार्यक्रमको पक्षमा सत्तारुढ दलका सांसदले मत दिएका छन् भने विपक्षी कांग्रेस, राजपा र जसपाले विपक्षीमा मत जाहेर गरेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्